समयमै स्ववियु निर्वाचन गराउन नेविसंघद्वारा त्रिविलाई ज्ञापन पत्र
काठमाडाैं | मंसिर २६, २०७९
काठमाडौं: तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो ।
त्रिविले फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ । सोही मितिमा जसरी पनि चुनाव गर्न र त्यसको तयारी थाल्न माग गर्दै ज्ञापनपत्र बुझाईको नेविसंघका नेता विष्णु बडैलाले जानकारी दिए । स्ववियुको निर्वाचन २/२ वर्षमा हुनुपर्ने त्रिविको कानुनी व्यवस्था छ । तर, त्रिविका आंगिक क्याम्पसहरूमा विगत १४ वर्षदेखि र देशैभरका क्याम्पसहरूमा विगत ५ वर्षदेखि चुनाव हुन सकेको छैन ।
विद्यार्थी आन्दोलन र राजनीतिलाई कमजोर र निरीह तुल्याउने, विश्वविद्यालयमा शैक्षिक मुद्दा ओझेलमा पार्ने र विश्वविद्यालयमा भ्रष्टाचार मौलाउने गरेको भन्दै त्यसलाई निरूत्साहित पार्न हरेक २र२ वर्षमा चुनाव हुनुपर्नेमा नेविसंघले जोड दिएको छ ।
प्रत्येक २र२ वर्षमा स्ववियु निर्वाचन गराउनु सबैको प्रमुख दायित्व भएकाले यस विषयमा गम्भीर भएर लाग्न समेत माग गरेका छन् । स्ववियु निर्वाचनका लागी आफूहरू तयारीमा रहेको बताउँदै त्यसका लागि विश्वविद्यालयले पनि सशक्त भएर अगाडि बढ्न माग गरे ।
‘हामीसँग भएका पटक–पटकका वार्ता र शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गरी समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र पनिकाका सबै कामकाज आनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन हार्दिक अनुरोध गर्दछौ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

